Thursday, October 25, 2018

झण्डै ८१ दिन भएपछि बल्ल आयो, निर्मला बलात्कार र हत्याकाण्डको भयो पर्दाफास…(अपराधीको नाम सहित ?)

निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ। समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार र स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन प्रहरी असफल भएकाले एसपी बिष्टलाई मुख्य दोषी देखाइएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवदेनमा एसपी बिष्टको गम्भीर गल्तीका कारण प्रहरी संगठन नै बदनाम भएको उल्लेख छ। मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा निर्मलाको हत्यापछि प्रहरीबाट भएका गल्ती र कमजोरी तथा स्थानीयले आन्दोलन गर्नुको कारण खुलाइएको छ। गृहमन्त्री थापाले प्रतिवेदनमा सुझाइएका विषयवस्तु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिवेदनमा एसपी बिष्टकै कारण आन्दोलनको स्वरुप बढेको तथा पीडित परिवारले न्याय पाउन ढिलाइ भएको उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो। प्रतिवेदनमा प्रहरीबाट भएका लापरबाही उल्लेख गरिएको छ। पीडित परिवारले शंका गरेका व्यक्तिहरुलाई जिल्लाका तत्कालीन प्रहरी अधिकृतहरुले किन संरक्षण गरे भन्ने विषय पनि खुलाइएको छ। तत्कालन सार्वजनिक नहुने गृह मन्त्रालय स्रोतका अनुसार छानबिन प्रतिवेदन प्रहरी अनुसन्धान सकिएपछि मात्रै सार्वजनिक हुने भएको छ।

मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा उल्लेख गरिएका कतिपय विषय प्रमाणका रुपमा भएकाले तत्काल सार्वजनिक गर्दा प्रहरी अनुसन्धानमा प्रभाव पर्छ। समितिले प्रहरीको लापरबाही र घटनास्थलको अध्ययन गरेर प्रतिवेदन तयार पारेकाले बलात्कार र हत्याको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीकै भएको उल्लेख छ। प्रतिवेदनमा निर्मलाको शवसँगै भेटिएको सुरुवाल धुनु र र उनको शरीरका कपडा नष्ट गरिनु गलत भएको उल्लेख गरिएको छ। प्रतिवेदनमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले निर्मलाको ‘भेजिनल स्वाब’ घटनास्थलबाट जोगाएको र त्यसले अनुसन्धानमा सहयोग मिलेको पनि उल्लेख छ। ‘भेनिजल स्वाब नभएको भए डिएनए परीक्षण गर्न सकिँंदैनथ्यो। त्यसलाई जोगाइएको छ। यसले गर्दा ढिलोचाँडो अपराधी पत्ता लगाउन सजिलो हुनेछ’, प्रतिवेदन उद्धृत गर्दै छानबिन समितिका एक सदस्यले भने, ‘घटनास्थलमा देखिएका सबै विषय प्रतिवेदनमा छ। त्यसले प्रहरीको अनुसन्धानमा सहयोग पुग्ने देखिन्छ।’ ती सदस्यले भने, ‘साउन १० गते निर्मला पन्त हराउनेबित्तिकै परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। तर प्रहरीले परिवारको कुरा नसुेनको र उनको खोजीमा प्रहरी परिचालन नभएकाले स्थानीय प्रहरीचौकीका प्रहरी निरीक्षक जगदीश भट्टको कमजोरी देखियो। त्यसलाई ढाकछोप गर्न एसपी बिष्ट लागिपरेको संकेत छ।’ समितिले अनसन्धानका क्रममा एक सयजनाभन्दा बढी स्थानीयसँग सोधपुछ गरेको छ ।

समितिले कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सबै प्रहरी कर्मचारी र तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासँग पनि बयान लिएको छ। सिआइबीको अनुसन्धान विवादमा तानिएपछि मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो। सिआइबीकै सहयोगमा स्थानीय दिलीप बिष्टलाई पक्राउ गरी प्रहरीले दोषी भन्दै भदौ ४ गते सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्केको थियो। प्रहरीले अभियुक्त बनाएका बिष्टलाई उपचार र डिएनए परीक्षणका लागि काठमाडौं ल्याइएको थियो। तर, डिएनए रिपोर्ट नमिलेपछि बिष्ट रिहा भइसकेका छन्। हाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यात संयोजकत्वको ९ सदस्यीय टोलीले हत्या घटना र त्यसको छानबिनमा संलग्न प्रहरीमाथि अनुसन्धान गरिरहेको छ।



‘योजनाबद्ध रुपमा प्रमाण नष्ट’ अपराध अनुसन्धानको सिद्धान्तले भन्छ– अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको देखिन्छ । घुँडासम्म पानी जमेको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । हत्याराले बालात्कारपछि निर्मलाको गुप्तांगबाट विर्य, रगत पखालियोस् भनेरै पानी जमेको उखुबारीमा घोप्टो पारेर शव फालेको हुनसक्ने एक प्रहरी अधिकारी बताउँछन्। पानीको आहाल भएको उखुबारीमा खुट्टाको छाप पनि देखिने भएन। शव घोप्टो पारेर पानीमा डुबाइएकाले शरीरका अन्य भाग र लुगामा पाइन सक्ने रगत, रांै, फिंगर प्रिन्ट, विर्यलगायत प्रमाण नष्ट हुन पुगे । शव पाइएको उखुबारीमा जान खोला तर्नुपर्ने भएकाले कुकुरले पनि पिछा गर्न जटिल हुन्छ । कुकुरले गन्ध सुँघेर दोषी पत्ता लगाउँछ। तर अपराधी खोला तरेपछि जमिनको क्रम टुट्ने भएकाले कुकुरले पिछा गर्न नसक्ने प्रहरीका एक पूर्वअधिकारी बताउँछन्। ती पूर्वअधिकारीका अनुसार शव खोलापारिको पानीपानी भएको उखुबारीमा लगेर फालिनुले अपराधी कसरी प्रमाण मेटाउन सकिन्छ भन्ने विषयमा जानकार भएको देखिन्छ । उनका अनुसार शव र शव पाइएको उखुबारीको प्रकृति हेर्दा अन्यत्र बलात्कारपछि हत्या गरी त्यहाँ लगेर फालेको बुझिन्छ। प्रहरीले किन फिंगर प्रिन्ट लिएन हत्याराले प्रमाण बाँकी नछाड्ने जतिसुकै प्रयत्न गरे पनि केही प्रमाण छोडेकै हुन्छ। निर्मलाको साइकल खोलामा फालिएको थियो । साइकल पानीमा डुबेकाले फिंगर प्रिन्ट मेटाउने अपराधीको योजना देखिन्छ। तर अपराधी कापीकिताब नष्ट गर्न भने चुक्यो । साउन १० गते रातभरि मुसलधारे पानी परेको थियो। पूरै कापीकिताब पानीले गल्नुपथ्र्याे। तर कापीकिताब नभिजेको अवस्थामा पाइएका थिए।

अपराधीले शव, साइकल योजनाबद्ध ढंगले फाले पनि कापीकिताब र अम्बा फाल्न बिर्सेको देखिन्छ। प्रहरीलाई नभिजेका ती कापीकिताबबाट फिंगर प्रिन्ट लिएर अपराधीसम्म पुग्न सक्ने सहज बाटो थियो। तर प्रहरीले निर्मलाका कापीकिताबबाट फिंगर प्रिन्ट लिएन। कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले पहिलो अनुसन्धान टोलीले कापीकिताबबाट फिंगर प्रिन्ट संकलन नगरेको बताए। ‘घटनास्थलको मुचुल्कामा कापीकिताबमा भएको फिंगर प्रिन्टको कुनै नमुना उल्लेख छैन’, उनले भने। खोलावारि रहेका कापीकिताब कुकुरलाई सुँघाएर प्रहरीले दोषी पत्ता लगाउन सक्थ्यो तर त्यसो पनि भएन। करिब ५५ किलोमिटर दूरीमा रहेको धनगढीमै तालिम प्राप्त कुकुर छन्। अपराधीले भुलवश छाडेको एकमात्र प्रमाण कापीकिताबाट फिंगर प्रिन्ट नलिनु र कुकुर प्रयोग नगरिनुको कारण के हो? यस विषयलाई लिएर अनुसन्धानमा खटिएका एसपी डिल्ली बिष्टको टोली र सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको टोलीमाथि प्रश्न उब्जेको छ। ‘कुकुरलाई किताबकापी सुँघाएर दोषी पत्ता लगाउन सक्ने भए पनि कुकुर प्रयोग गरिएन’, निर्मलाका बाबु यज्ञराज पन्त भन्छन्, ‘प्रहरीले कुकुर प्रयोग गरिदिएको भए त्यति बेलै अपराधी पत्ता लागिसक्थ्यो। उसले योजनाबद्ध रुपमा प्रमाण मासेको हामीलाई लागेको छ।’

अपराधीले छाडेका प्रमाण पनि नष्ट गरियो अपराधीले आफ्ना पैतालाको छाप नदेखियोस् भनेर शव पानीपानी भएको उखुबारीमा लगेर फालेको प्रस्ट छ। तर खोलाबाट उखुबारीमा उक्लिने ठाउँमा तीनवटा फरकफरक पैतालाका छाप भेटिएका थिए। प्रहरीले ती तीनवटा छापको प्रमाण पनि संकलन गरेन। ‘ती तीनवटा पैतालाका छाप उखुबारी उक्लिने डिलमा थिए’, निर्मलाका छिमेकी मोतीकुमार नेपाल भन्छन्, ‘पैतालाका छापको अनुसन्धान गरौंभन्दा प्रहरीले उल्टै धम्काए।’घोप्टो अवस्थामा फेलापरेको शव प्रहरी टोलीले उत्तानो पा-यो। उत्तानो पार्दा पछाडिको भाग पनि पानीमा पखालिन पुग्यो । प्रहरीको पहिलो दायित्व घटनास्थलमा पाइएका प्रमाण बिग्रन र नष्ट हुन नदिनु हो। दुईदुई जना प्रहरी निरीक्षकको कमान्डमा खटिएका प्रहरीले हातले समातेर शव उत्तानो पारे। एक खुट्टामा लत्रिएको सुरुवाल पनि प्रहरीले निकालेर प्रहरीले धुन लगायोे । सुरुवाल पानीले पखाल्दा त्यसमा लागेको रगत, बिर्य, रौंलगायत प्रमाण नष्ट भएको प्रहरीका एक पूर्वउच्च अधिकारी बताउँछन्।‘प्रहरीले यसरी जानाजान प्रमाण नष्ट गरेको देखिन्छ’, निर्मलाका मामा केशव भण्डारी भन्छन्। अपराधीले छुटाएका प्रमाण पनि प्रहरीले नष्ट गरेकाले उसले नै दोषी बचाउने प्रयास गरेको शंका स्थानीयको छ । ‘भान्जीको हत्यारा जोगाउन प्रहरीको संलग्नता छ भनेर हामीले तेत्तिकै भनेका होइनौं’, भण्डारीले भने, ‘प्रहरीले प्रमाण जोगाउनेभन्दा पनि घटनास्थलमा पाइएका प्रमाण नष्ट गरेर दोषीलाई बचाउने खेल सुरुदेखि नै खेल्यो।’ रोशनी बमको घरअघि निर्मलाले अम्बा टिपेको भनिएको रुख साउन १० गते नै काटियो । यो रुख काटेर पनि प्रमाण नष्ट गर्ने प्रयास भएको देखिन्छ । निर्मला साउन १० गते रोशनीको घरमा होमवर्क गर्न र चटपटे खाएको पैसा लिन गएकी थिइन् । प्रहरी नायब उपरीक्षक कृष्ण ओझा घटनास्थलबाट कुनै प्रमाण संकलन नभएको बताउँछन् ।



सबै प्रमाण नष्ट गरे पनि पोस्टमार्टम रिपोर्ट मात्र प्रमाणको रुपमा छ। साउन १० गते रोशनीको घरमा गएकी निर्मला साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवीले जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय र स्थानिय प्रहरीचौकीमा हारगहुार गर्दा पनि तत्काल खोजी सुरु गरिएन। त्यसैदिन बम दिदीबहिनीको घरमा खोजतलास गरेको भए यथार्थ पत्ता लाग्ने स्थानीय मञ्जु भट्ट बताउँछिन्। प्रहरीले अर्को दिन साउन ११ गते उखुवारीमा निर्मलाको शव फेला पारेपछि पनि बम दिदीबहिनीलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेन। प्रहरीले शंकास्पदलाई अनुसन्धानको दायरामा ल्याउनुभन्दा पनि निर्दोषलाई यातना दिएर दोषी कबुल गराउने प्रयत्न मात्रै ग-यो । स्थानीयले सुरुदेखि नै प्रहरीको भूमिकाबाट असन्तुष्ट भएर प्रदर्शन गरे पनि प्रहरी गम्भीर भएन। सर्वदलीय बैठकमा प्रहरी प्रशासनले निर्मलाका हत्यारालाई कारबाही गर्ने लिखत गरेपछि मात्र १४ गते निर्मलाका बुवाले महाकाली नदीमा छोरीको दाहासंस्कार गरेका थिए । प्रहरीले सुरुमा हेमन्ती भट्टलाई पक्राउ गरी हत्या कबुल गर्न दबाब दिएको थियो । प्रहरीको त्यो प्रयास असफल भएपछि उसले मानसिक सन्तुलन गुमाएका जीवन घर्ती, एचआइभी संक्रमित दीपक नेगीलाई पक्राउ गरेर हत्या कबुल गराउन खोज्यो। साउन १७ गते गृहमन्त्री रामबहादुर थापाले संसद्मा पनि निर्मलाका हत्यारा पक्राउ परेको भनेर जानकारी गराएका थिए। मानसिक सन्तुलन गुमाएका जीवनले जे पनि बोलिदिने हुदाँ बयानको ठेगान नहुने र नेगीको यौनक्षमता ह्रास भएकाले उनीहरुलाई प्रहरीले २० गते रिहा ग¥यो । २१ गते चक्र बडुलाई पक्राउ गरी हत्या कबुल गर्न दबाब दियो। हेमन्ती, जीवन, दीपक र चक्रले हत्या कबुल नगरेपछि प्रहरीले दिलीप बिष्टलाई दोषी भनेर सार्वजनिक ग-यो। भदौ १ गते कारागारमा साथी भेटेर फर्कने क्रममा बजार नजिकै प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीले भने निर्मलाको शव फेलापरेको स्थल नजिक लौरो समातेर उभिएको अवस्थामा दिलीपलाई नियन्त्रणमा लिएको दाबी गरेको छ।

प्रहरीले दिलीपलाई दोषी प्रमाणित गर्न अनेक प्रयत्न ग-यो तर उनी डिएनए परीक्षणबाट निर्दोष देखिएकाले केही दिनअघि छुटेका छन्। प्रहरीले निर्दोष दिलीपलाई फसाउन खाजेको भन्दै भदौ ५ गतेदेखि आन्दोलन चर्काए। आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गयो। एक घाइते अझै अचेत अवस्थामा छन्। घाइते अर्का एकजनाको दुवै खुट्टा काट्नुपरेको छ। उनको अवस्था दयनीय छ। दर्जनजति घाइते भए। भदौ ८ गतेपछि घटनाको अनुसन्धान थालेको प्रहरीको नयाँ टोलीले पनि अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन। कञ्चनपुरका एसपी कुवेर कडायत घटनास्थलामा प्रमाणहरु नष्ट भएकाले अनुसन्धान गर्न जटिल भएको बताउँछन्।

अपराधीले छाडेका प्रमाण पनि नष्ट गरियो अपराधीले आफ्ना पैतालाको छाप नदेखियोस् भनेर शव पानीपानी भएको उखुबारीमा लगेर फालेको प्रस्ट छ। तर खोलाबाट उखुबारीमा उक्लिने ठाउँमा तीनवटा फरकफरक पैतालाका छाप भेटिएका थिए। प्रहरीले ती तीनवटा छापको प्रमाण पनि संकलन गरेन। ‘ती तीनवटा पैतालाका छाप उखुबारी उक्लिने डिलमा थिए’, निर्मलाका छिमेकी मोतीकुमार नेपाल भन्छन्, ‘पैतालाका छापको अनुसन्धान गरौंभन्दा प्रहरीले उल्टै धम्काए।’घोप्टो अवस्थामा फेलापरेको शव प्रहरी टोलीले उत्तानो पा-यो। उत्तानो पार्दा पछाडिको भाग पनि पानीमा पखालिन पुग्यो । प्रहरीको पहिलो दायित्व घटनास्थलमा पाइएका प्रमाण बिग्रन र नष्ट हुन नदिनु हो। दुईदुई जना प्रहरी निरीक्षकको कमान्डमा खटिएका प्रहरीले हातले समातेर शव उत्तानो पारे। एक खुट्टामा लत्रिएको सुरुवाल पनि प्रहरीले निकालेर प्रहरीले धुन लगायोे । सुरुवाल पानीले पखाल्दा त्यसमा लागेको रगत, बिर्य, रौंलगायत प्रमाण नष्ट भएको प्रहरीका एक पूर्वउच्च अधिकारी बताउँछन्।‘प्रहरीले यसरी जानाजान प्रमाण नष्ट गरेको देखिन्छ’, निर्मलाका मामा केशव भण्डारी भन्छन्।

अपराधीले छुटाएका प्रमाण पनि प्रहरीले नष्ट गरेकाले उसले नै दोषी बचाउने प्रयास गरेको शंका स्थानीयको छ । ‘भान्जीको हत्यारा जोगाउन प्रहरीको संलग्नता छ भनेर हामीले तेत्तिकै भनेका होइनौं’, भण्डारीले भने, ‘प्रहरीले प्रमाण जोगाउनेभन्दा पनि घटनास्थलमा पाइएका प्रमाण नष्ट गरेर दोषीलाई बचाउने खेल सुरुदेखि नै खेल्यो।’ रोशनी बमको घरअघि निर्मलाले अम्बा टिपेको भनिएको रुख साउन १० गते नै काटियो । यो रुख काटेर पनि प्रमाण नष्ट गर्ने प्रयास भएको देखिन्छ । निर्मला साउन १० गते रोशनीको घरमा होमवर्क गर्न र चटपटे खाएको पैसा लिन गएकी थिइन् । प्रहरी नायब उपरीक्षक कृष्ण ओझा घटनास्थलबाट कुनै प्रमाण संकलन नभएको बताउँछन् । सबै प्रमाण नष्ट गरे पनि पोस्टमार्टम रिपोर्ट मात्र प्रमाणको रुपमा छ। साउन १० गते रोशनीको घरमा गएकी निर्मला साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवीले जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय र स्थानिय प्रहरीचौकीमा हारगहुार गर्दा पनि तत्काल खोजी सुरु गरिएन। त्यसैदिन बम दिदीबहिनीको घरमा खोजतलास गरेको भए यथार्थ पत्ता लाग्ने स्थानीय मञ्जु भट्ट बताउँछिन्।

प्रहरीले अर्को दिन साउन ११ गते उखुवारीमा निर्मलाको शव फेला पारेपछि पनि बम दिदीबहिनीलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेन। प्रहरीले शंकास्पदलाई अनुसन्धानको दायरामा ल्याउनुभन्दा पनि निर्दोषलाई यातना दिएर दोषी कबुल गराउने प्रयत्न मात्रै ग-यो । स्थानीयले सुरुदेखि नै प्रहरीको भूमिकाबाट असन्तुष्ट भएर प्रदर्शन गरे पनि प्रहरी गम्भीर भएन। सर्वदलीय बैठकमा प्रहरी प्रशासनले निर्मलाका हत्यारालाई कारबाही गर्ने लिखत गरेपछि मात्र १४ गते निर्मलाका बुवाले महाकाली नदीमा छोरीको दाहासंस्कार गरेका थिए । प्रहरीले सुरुमा हेमन्ती भट्टलाई पक्राउ गरी हत्या कबुल गर्न दबाब दिएको थियो ।



प्रहरीको त्यो प्रयास असफल भएपछि उसले मानसिक सन्तुलन गुमाएका जीवन घर्ती, एचआइभी संक्रमित दीपक नेगीलाई पक्राउ गरेर हत्या कबुल गराउन खोज्यो। साउन १७ गते गृहमन्त्री रामबहादुर थापाले संसद्मा पनि निर्मलाका हत्यारा पक्राउ परेको भनेर जानकारी गराएका थिए। मानसिक सन्तुलन गुमाएका जीवनले जे पनि बोलिदिने हुदाँ बयानको ठेगान नहुने र नेगीको यौनक्षमता ह्रास भएकाले उनीहरुलाई प्रहरीले २० गते रिहा ग¥यो । २१ गते चक्र बडुलाई पक्राउ गरी हत्या कबुल गर्न दबाब दियो। हेमन्ती, जीवन, दीपक र चक्रले हत्या कबुल नगरेपछि प्रहरीले दिलीप बिष्टलाई दोषी भनेर सार्वजनिक ग-यो।

भदौ १ गते कारागारमा साथी भेटेर फर्कने क्रममा बजार नजिकै प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीले भने निर्मलाको शव फेलापरेको स्थल नजिक लौरो समातेर उभिएको अवस्थामा दिलीपलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। प्रहरीले दिलीपलाई दोषी प्रमाणित गर्न अनेक प्रयत्न ग-यो तर उनी डिएनए परीक्षणबाट निर्दोष देखिएकाले केही दिनअघि छुटेका छन्। प्रहरीले निर्दोष दिलीपलाई फसाउन खाजेको भन्दै भदौ ५ गतेदेखि आन्दोलन चर्काए। आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गयो। एक घाइते अझै अचेत अवस्थामा छन्। घाइते अर्का एकजनाको दुवै खुट्टा काट्नुपरेको छ। उनको अवस्था दयनीय छ। दर्जनजति घाइते भए। भदौ ८ गतेपछि घटनाको अनुसन्धान थालेको प्रहरीको नयाँ टोलीले पनि अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन। कञ्चनपुरका एसपी कुवेर कडायत घटनास्थलामा प्रमाणहरु नष्ट भएकाले अनुसन्धान गर्न जटिल भएको बताउँछन्

No comments:

Post a Comment