Thursday, October 25, 2018

यति एअरलाइन्स चलाउने क्याप्टेन लुना प्रधान, जति सुन्दर छिन् त्यति धेरै मिठो बोल्छिन् (भिडियो सहित)

काठमाडौँ, १७ असोज । नेपालको पहिलो एयरलाइन्स नै यति एयरलाइन्स हो । सन् १९९८ मे मा स्थापित भएको यति यरलाइन्सले १७ अगस्ट १९९८ मा एयर अपरेटर सर्टिफिकेट प्राप्त भएको थियो । नेपालमा यति एयरलाइन्स र तारा एयरले मुलुकमा एकै पटक घरेलु उडान सुरु गरेको हो ।नेपालमा यति र तारा एयरले नेपालमा सबैभन्दा ठूलो घरेलु उडानको परिचय बनाएको छ । यतिले नेपालमा ८ विमानहरुको एउटै बेडे सञ्चालन गर्दै १० गन्तव्यमा घरेलु उडान भर्ने गर्छ ।यति एयरलाइन्सले सहायक रुपमा तारा यएरको स्थापना गरेको हो । सन् २००९ मा यति यएरलाइन्सले तारालाई सहायक ताराको स्थापना गरेको थियो । जसले एसओएल संचालकको आउटसोर्स गर्यो ।यति बेला एयरलाइन्स र टायु यएरले नै नेपालमा सबैभन्दा ठूलो एयरलाइन्स बनाउन सफल भएको थियो ।सन् २००८ को अनुसार कुल बजारमा साझेदारीको ६० प्रतिशत भन्दा बढी घरेलुहरु सञ्चालन भएका छन् । ताराले नेपालमा छुट्टै अवादीको सेवा भर्ने काम गर्दछ । तारा एयरले दूरस्थ क्षेत्रमा रहेर बीएई, जेटटाइट र एटआर जस्ता अधिक क्षेत्रीउ क्षेत्रमा सेवा गर्ने गर्छ । यति एयरले बुद्ध, वायुको साथमा उडान भर्दै छ ।

को हुन यी भाग्यमानी जसले चिठ्ठामा प्राप्त गरे १ खर्ब ७८ अर्ब

एजेन्सी। हामीले सामान्यतया भाग्यमा त्यती विश्वास गर्दैनौं तर भाग्यको चमत्कार अनौंठो हुन्छ । यदि तपाईले चिठ्ठामार्फत अर्बौ रकम जित्नु भयो भने के गर्नुहुन्छ ? अमेरिकामा एक व्यक्तिले चिठ्ठा टिकटमा १.५० अरब डलर जितेका छन।

यो अमेरिकामा चिठ्ठामा जितिएको दोस्रो सबैभन्दा ठूलो रकम हो। आयोजकहरूले बुधबार यो जानकारी दिए। चिठ्ठामा यत्ति पुरस्कार पाउँनेलाई मेगा मिलियनले उसको वेबसाइट मार्फत बताएको छ ।

उसका अनुसार टिकट दक्षिण सारोलोनामा बेचेको थियो, तर विशेष कारणवश विजेता अब सम्म पहिचान गरिएको छैन। मेगा मिलियनले, पहिले व्यक्तिले १.६० अरब अमेरिकी डलरको पुरुस्कार जितेको जनाएको छ ।

तर पछि यसलाई यसलाई १.५३७ बिलियन अमेरिकी डलर पुर्यायो। जनवरी २०१६ मा, १.५८६ बिलियनको पुरुस्कार पार्थबेल लॉटरी को को माध्यमले प्राप्त भयो, जो तीन टिकटहरु मा विभाजित गरियो। यो यस तरिकाको दोस्रो सबैभन्दा ठूलो पुरस्कार हो। मङ्गलबार राति छ जना विजेता एक विशेष मेगा बिलियनमा गए जुन क्रमशः ५, २८, ६२, ६५, ७० र ५ हुन्।

मुग्लिन पुलबाट बुबाले हाम फाले, सडकमा परिवारको रूवाबासी (भिडियो)

काठमाडौँ। दशैँमा परिवारमा रूवाबास पारेर एक बृद्धले मुग्लिन पुलबाट हाम फालेर संसार छाडेका छन् । मुग्लिन बजारमा दशैंको चहलपहल थियो । दशैंका यात्रुको सवारी चापले मुग्लिन बजार र सडक भरिएको थियो । मुग्लिन बजारहुँदै पोखरा तर्फ लाग्ने पुलमा दिनभर सवारी चाप हुन्थ्यो । सबेरै बिहानको सुनसान मौकामा एक वृद्धले पुलबाट हाम फालेर आफ्नै प्राण लिए ।हेटौडा घर भएका माइला भोटेको घरमा दशैँको रमझम सुरू भएको थियो । तर उनी एकाएक चटक्कै घर छाडेर हिडे । ६५ बर्षीय यी बृद्धले मुग्लिन पुलबाट हाम फालेर आफ्नो जीवनलिला समाप्त पारे । अरूका घरमा दशैँ भित्रिदै थियो तर माइला भोटे घरबाट वेपत्ता भएपछि उनको घरमा रूवावास चल्यो ।

दशैंको ९ दिन पहिले हेटौडास्थित आफ्नो घरबाट हिडेका माइलालेले मुग्लिनको एक पसलमा बिहानै चुरोट किनेका थिए । उनको विछिप्त अवस्था देखेर स्थानीयले उनको तस्बिर खिचेर फेसबुकमा राखेका थिए । त्यही दिन उनले मुग्लिन पुलमा चप्पल चिनो छाडेर त्रिशुली नदीमा हाम फालेका उनका ठूला ज्वाइँ प्रेमबहादुर बमजनले बताए ।

परिवारले कैयौं दिन माइला भोटेलाई खोज्यो । पुलबाट हाम फालेको थाह पाएपछि त्रिशुलीमा खोजी गर्दा पुलदेखि करिव ५ किलोमिटर टाढा किनारामा शव तैरिएको देखेपछि परिवारको रूवावासीले मुग्लिन–नारायणगढ सडकमै जाम हुनेगरी यात्रु र सवारी साधन रोकिए । सडक किनारामा परिवारका सदस्यको रूवावासी चलिरहेको थियो भने त्यसको ठिक तल त्रिशुली किनारामा बृद्धको शव तैरिरहेको थियो । dcnepal

आजको राशिफल / वि.सं. २०७५ कार्तिक ९ गते शुक्रबार



वि.सं. २०७५ कार्तिक ०९ गते शुक्रबार तदनुसार ई. सं. २०१८ अक्टोबर २६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:११ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे, कार्तिक कृष्णपक्षको द्वितीया तिथि, बेलुका ०९:०७ बजेसम्म, त्यसपछि तृतीया तिथि, भरिणी नक्षत्र, दिउँसो १०:४३ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, साँझ ०४:३९ बजेसम्म, त्यसपछि बृष राशिमा, सिद्धि योग, बिहान ०८:२३ बजेसम्म, त्यसपछि व्यतिपात योग, तैतिल करण, बेलुका ०९:०७ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : मुद्गर, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : पश्चिम,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : १२ गते : मूहुर्त : अन्नप्राशन(पास्नी),

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिन सक्छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक÷सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलतः बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन बेर लाउँदैन, तर आँफू चुप लागेर बस्नु नै जायज हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
वित्तीय पक्ष राम्रो छ । सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

एसपी बिष्ट बर्खास्त भएपछि निर्मला पन्तका बुवाले के भने ?



काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले एकदुई जना प्रहरीलाई सेवाबाट हटाएर आफूहरुले न्याय नपाउने बताएका छन् ।

घटनामा संलग्न अपराधीलाई पत्ता लगाएर हदैसम्मको कारबाही गरेमात्रै आफ्नी छोरीको आत्माले शान्ति पाउने उनले बताए ।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको ठहर गर्दै सरकारले तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज जगदिश भट्टलाई बिहिबार सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

तर निर्मलाका बुवा यज्ञराजले भने प्रहरीलाई जागिरबाट हटाउनु भन्दा पनि आफ्नी छोरीको हत्यारालाई सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।



‘मैले सुरुदेखि नै हामीलाई न्याय चाहियो, छोरी निर्मलाका हत्यारालाई सार्वजनिक गर्नुपर्यो भन्दै आएको छु, तर सरकार हत्यारालाई सार्वजनिक गर्न सकिरहेको छैन, एक दुई जना प्रहरीलाई सेवा बाट हटाएर मेरी छोरीको आत्माले शान्ति पाउदैन, घटनामा यो भन्दा बढी लापरबाही गर्ने प्रहरीहरु पनि छन् उनीहरुलाई पनि कारबाही गर्नुपर्यो, सबैभन्दा पहिले त हत्यारा सार्वजनिक गर्नुपर्यो,’ पन्तले भने ।

बाबुराम भट्टराईको फेसबुक स्टेटसले मच्चियो तहल्का, गृहमन्त्रीको कुर्सी हल्लियो



काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बिहीबार साँझ फेसबुकमा लेखेको स्टेटसले तहल्का मच्चिएको छ ।

नेता भट्टराईले स्टेटसमा गृहमन्त्रीलाई सिधा निशाना लगाउँदै प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्सपेक्टर जगदीश भट्टको बखास्तीबारे असन्तुष्टि जनाएका छन् ।

भट्टराईले निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न तथा प्रमाण नष्ट गर्न लागिपरेका विष्ट र भट्टलाई ‘भविष्यमा अयोग्य नठहरिने गरी’ बर्खास्त गरेर सरकारले पानीमाथिको ओभानो हुने प्रयत्न गरेको आरोप लगाएका छन् ।

उनले विष्ट र भट्टलाई पक्राउ गरेर बास्तविक अपराधी पत्ता लगाउनुपर्नेमा उल्टै उन्मुक्ति दिने प्रयास भएको आरोप लगाएका छन् । ‘बलात्कार र हत्या जस्तो जघन्य अपराधको प्रमाण जानीबुझी नष्ट गर्नु झन् ठूलो अपराध हैन ?’ भट्टराईले बिहीबार अबेर सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘ त्यसको अर्थ ती प्रहरीलाई अपराधी को हो भन्ने थाहा छ भन्ने प्रष्ट हुन्न र ? त्यसवापत तिनलाई पक्रेर वास्तविक अपराधी पत्ता लगाउनु पर्दैन ?’



बम दिदीबहिनीमाथि गम्भीर केरकार र अनुसन्धान नगरी छाडिएको प्रति पनि नउनले असन्तुष्टि जनाएका छन् । यो काण्डमा शक्तिशालीहरू मुछिएको दाबी गर्दै भट्टराईले सरकारी संयन्त्र अपराधीलाई जोगाउन लागिपरेको स्पष्ट भएको पनि उल्लेख गरेका छन् ।

भट्टराईले निर्मलालाई न्यायको निम्ति आन्दोलनमा सहभागी बनि वास्तविक अपराधीलाई पक्रेर कडा सजाय नहोउन्जेल दबाब जारी राख्न आह्वान समेत गरेका छन् । निर्मला पन्त हत्या घटनामा सरकार चौतर्फी घेराबन्दीमा परेको छ ।

डा भन्छन लामो समयसम्म यौनसम्पर्क राख्न अपनाउनुस यस्तो उपाए



म विवाहित पुरुष हुँ । मेरो विवाह भएको १२ वर्ष भयो । यौन सम्पर्क गर्दा शुक्रकीट छिटो झर्छ, श्रीमतीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ । लामो समयसम्म यौनसम्पर्क गर्न वा श्रीमतीलाई सन्तुष्ट राख्न के गर्नुपर्ला ? -एम
उत्तर – डा राजेन्द्र भद्रा

शीघ्र वीर्य स्खलनको कारण

आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई शीघ्र स्खलन मानिन्छ । घर्षण नै गर्न नपाई वा योनिमा प्रवेश गराउनासाथ वा प्रवेश गराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी देखिने समस्या हो । कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय व्यक्तिमा यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एउटा गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट राख्न सक्दिन कि भन्ने चिन्ता भए त्यसले समस्यालाई थप चर्काउँछ । विरलै भए पनि केही psychotropic drug को प्रयोग यस्तो समस्याको कारण त होईन भनेर केलाउन समेत बिर्सनु हुँदैन ।

समस्या समाधानका लागि के गर्न सकिएला ?

आक्कलझुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या थप वृद्धि हुनसक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैले गर्न सकिने केही उपाय छन् ।

यौनसम्पर्क रोक्ने–सुरु गर्ने यौन सम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडा नै रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने ।



आसन परिवर्तन लोग्ने मान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौन सम्पर्क गर्दा पनि शीघ्रस्खलन कम गर्न मद्दत मिल्छ ।

अँठ्याउने यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिवाट वाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा उत्तेजना केही कम भए पछि पुन: क्रीडा सुरु गर्ने ।

कन्डमको प्रयोग कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्रस्खलनको समस्या कम गर्न मदत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।

मांशपेशीको प्रयोग पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्दा फाइदा मिल्छ ।

औषधीको प्रयोग अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । द्यभलशयअबष्लभ तथा ीष्मयअबष्लभ जस्ता औषधी भएका यस्ता उत्पादन लिङ्गमा प्रयोग गर्दा शीघ्रस्खलन कम गर्न मद्दत मिल्छ ।

नियन्त्रणको अभ्यास दीर्घकालिन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होला जस्तो भए पछि रोक्ने र उत्तेजना केही कम भए पछि पुन हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होला जस्तो भए रोक्ने र यो प्रक्रिया दोहोर्‍याउने । वीर्य स्खलन राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित क्रियाकलापमा संलग्न हुने, तर यौन सम्पर्क अर्थात् लिङ्ग योनिमा प्रवेश गराउने कार्य भने नगर्ने । वीर्य स्खलन होला जस्तो भए उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकपाललाई अघि बढाउने । समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुनसक्छ । यो उपाय दीर्घकालीन समाधानका लागि लाभदायक मानिन्छ ।

श्रीमतीलाई कसरी सन्तुष्टि दिने ?

मानव यौन चक्रका बारेमा त तपाईंलाई जानकारी होला नै । यौन उत्तेजनालाई निरन्तरता दिन सकिए व्यक्ति यौन चरमसुखको चरण सम्म पुग्छ । विचार गर्नुपर्ने कुरा यौन चरमसुख व्यक्ति आफंैले प्राप्त गर्ने हो । अर्को व्यक्तिले त सहयोग मात्र गर्न सक्छ । यस्तो उत्तेजनालाई निरन्तरता दिन व्यक्तिका संवेदनशील अङ्गहरूका सम्बन्धमा जानकारी राख्नुपर्छ ।



तपाईंलाई थाहै होला, महिलाको सन्दर्भमा सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगाङ्कुर’ वाहिर तिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसवाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृष्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत गर्छ । चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन, साथै पाइएन भने पीर गर्नु पर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरेपनि हुन्छ । साथसाथै चरमसुख प्राप्त गर्दा वास्तविक अर्थमा त्यसलाई सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘सम+भोग’ जसको अर्थ दुवैजना यौन साथी (श्रीमान्–श्रीमती) ले समान रूपमा यो सुखलाई भोग गर्न पाउने कुरा भयो ।

यौन सम्पर्क गर्दा लिङ्ग प्रवेश गराएर शुरु गरिने सोचबाट बाहिर निस्कनुपर्छ । महिलाले पर्याप्त रूपमा पाक्क्रीडामा संलग्न हुने समय पाउनुपर्छ । विशेष गरेर यौन सम्पर्क गर्दा पुरुष माथि र महिला तलतिर रहने आसनमा सम्पर्क गर्दा महिलाको भगाङ्कुरमा घर्षण हुँदैन भन्ने बुझ्नुपर्छ ।
कान्तिपुर साप्ताहिकबाट