८ कार्तिक,काठमाडौं। मेनुका पौडेल भन्ने वित्तिकै नचिन्ने सायदै कोही होलान्। नेपाल आइडलले एकपटक चर्चामा ल्याएकी मेनुका दृष्टविहीन हुन्। उनी नेपाल आइडलको टप ११ मा जनताको भोट कम पुगेर आउट भएकी थिइन्। उनै मेनुका फेरि एक पटक चर्चामा चुलिएकी छिन्। उनी यस पटक नेपाल आइडलले चर्चामा आएकी भने होइनन्। उनी भारतको चर्चित गायन रियालिटी शो ‘सारेगमप’ मा छनोट भएर चर्चामा आएकी हुन्।नेपालमा पहिलो पटक ‘सारेगमप’ को अडिसन भएको थियो। उनी पहिलो पटक ‘सारेगामापा’को अडिसनमा चुनिएकी थिइन्। मेनुका मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागिसमेत छनोट भएकी छिन्। उनले गीत गाएको भिडियो निकै भाइरल भइरहेको छ। जि टिभीबाट प्रशारण हुने उक्त शो मा मेनुकाले ‘लता मंगेशकरको स्वरमा रहेको ‘जाने क्या बात है’ गीत गाउँदा शो मा उपस्थित जजसँगै जुरी मेम्बरहरु समेत रोएका थिए।
उनको प्रस्तुतीको प्रशंसा गर्दै सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए। जजको रुपमा रहेका संगीतकार शेखर रबजानीले ‘तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन’ भन्दै मेनुकाको प्रशंसा गरेका थिए। उनले संसार देख्ने आँखा भन्दा अन्तरदृष्टी ठूलो हुन्छ भन्ने कुरा प्रमाणित गरिसकेकी छिन्। मेनुकाको प्रस्तुतीप्रति ‘सारेगमप’ का जजहरुको उत्कृष्ट मूल्यांकन पछि ‘नेपाल आइडल’का जजहरुको सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ।
पत्रकार जिवेन्द्र सिम्खडाले आफ्नो फेसबुक पेजमा मेनुकाको ‘नेपाल आइडल सिजन १’ को अडिसन र ‘सारेगमप’ को मेघा अडिसनका लागि गाएको गीतको भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिंड।’ उनले एक असली प्रतिभालाई एक असली प्रतिभाले मात्रै चिन्न सक्ने भन्दै ‘नेपाल आइडल’का जजहरुको स्तरप्रति प्रश्न गरेका छन्। त्यस्तै सेयर गरेको भिडियोको कमेन्टमा मानिसहरु ‘नेपाल आइडल’का जजहरुको पक्ष र विपक्षमा बोलेका छन्।
आइडलका जजहरुको आलोचना गर्दै अमित लिम्बुले लेखेका छन्, ‘पक्का बाजी ठोकेर भन्न सक्छु, एउटै गीत इन्दिरा जोशी र मेनुका पौडेललाई गाउन लगाउने हो भने मेनुका पौडेलले नै राम्रो गाउँछिन्।’ आइडलका जजहरुको पक्षमा बोल्दै जितेन्द्र श्रेष्ठ सिमोनले लेखेका छन्, ‘तुलना मन परेन। नेपाली रियालिटी शो ले नै मेनुकाको कलालाई निखारेको हो। उनको कलालाई नेपालमा पनि कदर भएकै हो।
तर भावनात्मक रुपमा देखाउने जुन कला छ, त्यो हामी नेपाली सबैको कमजोरी र भारतीयहरुको कला हो। उनीहरुले आफ्नो भावनालाई राम्रोसँग प्रस्तुत गर्छन्। हामी पनि धेरै कुरा सिक्दैछौं । यसरी तुलना गरेर अर्कालाई भगवान अनि आफ्नालाई चाहिँ अबमूल्यन गर्ने काम बन्द गरौं।
No comments:
Post a Comment