
पोखरा । जहाजमा पोखरादेखि काठमाण्डौका लागि यात्रुको समस्या छैन । कहिले त टिकट नै पाइन्न । भाडादर पनि झण्डै ५ हजार छ । तर काठमाण्डौदेखि पोखरा भने पहिल्यैदेखि प्लेनमा सस्तो छ । यात्रु नपाएपछि पोखरा काठमाण्डौं रुटमा जहाजको भाडा ह्वात्तै घटेको छ । बुद्ध र यति एयरलाईन्सले यात्रु तान्न भाडादर नै घटाएका हुन् ।काठमाण्डौबाट पोखराका लागि पहिलो फ्लाइटको भाडादर यतिको १४ सय ३० र बुद्धको १५ सय रुपैयाँ रहेको एयर लाइन्सका अनलाइनमा उल्लेख छ । यो दर पहिलो बाहेककोमा भने हैन । यसअघि, काठमाडौंबाट पोखराको एकतर्फि भाडादर ४२ सय रुपैयाँ छ ।
केही समयका लागि सस्तो भाडा दर तोकेको कम्पनीले जनाएको छ । इ – सेवाबाट टिकट काट्दा ४ प्रतिशत क्यासब्याक पाइने सेवा समेत छ । पोखराका लागि बुद्धको एयरको पहिलो फ्लाइट बिहान ७ः१५ बजे, यतिको ७ः०५ बजे रहेको छ ।पोखराबाट काठमाडौ जान आउनका लागि सुविधा सम्पन्न बसको भाडा २ हजार रहेको छ । मागका आधारमा दर बढ्ने भएकाले माग बढेमा जहाजले भाडा बढाउने जनाएको छ
No comments:
Post a Comment